Thaha

Monday 21 April - 10:25 am NST

भट्टराईको नेतृत्वमा प्रधानमन्त्री ओलीलाई स्मरणपत्र, मधेसको समस्या छिट्टै समाधान हुने प्रधानमन्त्रीको विश्वास


काठमण्डौं, २१ कार्तिक । 
प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेशको समस्या छिट्टै समाधान हुने बताउनु भएको छ । नयाँ शक्ति निर्माणमा लागेका पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई नेतृत्वको टोलीसँगको भेटमा प्रधानमन्त्री ओलीले आन्दोलनरत दलहरुसँग अब तत्कालै ठोस वार्ता गरिने बताउनु भयो । आन्दोलनरत दलका नेतासँगको सल्लाहमै परराष्ट्रमन्त्री देश बाहिर गएकाले वार्ता केही दिन स्थगित भएको भन्दै प्रधानमन्त्रीले अब तत्काल वार्ता प्रक्रिया अघि बढ्ने बताउनु भएको उहाँका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो । 

नयाँ शक्तिमा लागेकाहरुसंग प्रधानमन्त्री निवास बालुवाटार पुगेका भट्टराईले विद्यमान समस्या चाँडो हल गर्न र मधेश केन्द्रित दलसँग ठोस वार्ता गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । समस्या जटिल बन्दै गएको भन्दै भट्टराईले समाधनका लागि आफूहरुले पनि सक्दो सहयोग गर्ने बताउनु भयो । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा ४७ जना नागरिक अगुवाहरुले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘स्मरणपत्र’ बुझाएका हुन् । स्मरणपत्रमा मधेसको आन्दोलन र भारतीय नाकाबन्दीलाई अलग रुपमा बुझ्न आग्रह गरिएको छ । तराई मधेसको तीन महिना लामो आन्दोलन र भारतीय अघोषित नाकाबन्दीलाई अगल,अलग विषय र विधिमा बुझ्न जरुरी छ,’ स्मरणपत्रमा उल्लेख छ । स्वाधीनता, स्वतन्त्रता र समानताका आधारमा दुई विशाल छिमेकीहरुको यो वा त्यो राष्ट्रको निर्भरता वा परनिर्भरताका आधारमा नभई अन्तरनिर्भरताका आधारमा राष्ट्रिय स्वाधीनतालाई केन्द्रमा राख्दै व्यवहार गर्ने संस्कृतिको निर्माण गर्न जरुरी रहेकोमा स्मरण पत्रमा जोड दिइएको छ । संविधान निर्माणपछि मधेसी, थारु, आदिवासी जनजाति लगायतले उठाएका जायज मागहरु बेलैमा सम्बोधन गर्न नागरिक अगुवाहरुले प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।
 

स्मरणपत्र र हस्ताक्षरकर्ताहरु :