Thaha

Friday 03 May - 11:16 am NST

विवादका कारण वैकल्पीक उर्जामा पाउने गरेको अनुदान रोका


काठमण्डौं, २१ कार्तिक ।
वैकल्पिक उर्जा प्रर्वधन केन्द्र र व्यवसायीबीचको विवादले नागरिकले वैकल्पिक उर्जामा पाउँदै आएको अनुदान रोकिएको छ । यसले देशैभर वैकल्पिक उर्जा अन्तरगत माइक्रोहाइड्रो, वायो ग्याँस र सोलार जडानको काम ठप्प भएको छ । इन्धनको अभावमा विकल्पको खोजी भैरहेपनि  सरकारले झण्डै २ अर्ब रुपैयाँ अनुदान नदिएकाले कामनै ठप्प पार्नुपरेको नेपाल सौर्य विद्युत उत्पादक संघका अध्यक्ष दीपकबहादुर शाहीले बताउनु भयो । 
व्यवसायीले नागरिकलाई दिइएको झण्डै २ अर्ब रुपैयाँ अनुदानको रकम सरकारले निकासा नगरको व्यवसायीको आरोप छ । सोलार जडान गर्दा हरेक नागरिकलाई सुगमका जिल्लामा ६ हजार, दुर्गममा ७ हजार र अतिदुर्गममा ८ हजार अनुदान दिइएको थियो । अनुदान नपाउने अवस्थामा फाट्टफुट्ट मात्र काम भएको संघले जनाएको छ । 
तर केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले अनुदान नीति परिवर्तन गर्न लागेकाले समस्या आएको बताउनु भयो । स्रोतका अनुसार केन्द्र र व्यवसायीबीच रकम लेनदेनमा कुरा नमिल्दा नागरिक मारमा परेका हुन । नविकरणीय उर्जा अन्तरगत अहिले झण्डै ३५ मेघावाट क्षमता विद्युत उत्पादन छ ।