Thaha

Monday 21 April - 10:31 am NST

भोलीदेखि सवारी साधनको लटअनुसार उपत्यकाका निजी गाडिले पेट्रोल पाउँने

काठमाडौं, १८ कार्तिक । नेपाल आयल निगमले भोलीदेखि सवारी साधनको लटअनुसार काठमाडौं उपत्यकाका निजी गाडिलाई पेट्रोल दिने भएको छ । पेट्रोल वितरण हुने ५० भन्दा बढी पेट्रोल पम्पको नाम निगमले आफ्नो वेभसाइटमा राखेको छ । निगमका अनुसार भोली १ देखि ३० लटसम्मका मोटरसाइकल र १ देखि ५ लटसम्मका नीजी जीप, कारलाई मात्रै पेट्रोल वितरण हुनेछ ।

थानकोट डिपोबाट लोड भएर पम्पहरुमा पुगेपछि दिउँसोबाट पेट्रोल वितरण गरिने निगमका निर्देशक मुकुन्द घिमिरेले जानकारी दिनुभयो । दशैं अघि एक दिन सबै निजी गाडिलाई पेट्रोल उपलब्ध गराउँदा धेरैले पाउन नसकेकाले यसपटक लट सिस्टम अनुसार वितरण गर्न लागिएको निर्देशक घिमिरेले बताउनुभयो ।

३१ देखि ५० लटसम्मका मोटरसाइकल र ६ देखि ८ लटसम्मका जीप, कारलाई भने पर्सि शुक्रबार र ५१ लट देखि माथिका मोटरसाइकल र ९ लट देखि माथिका जीप, कारलाई शनिबार पेट्रोल दिइने निगमले जनाएको छ ।

जीप, कारलाई १० लिटर र मोटरसाइकललाई ५ लिटर पेट्रोल दिइने निगमले जनाएको छ । निजी सवारीलाई पेट्रेल दिने तीन दिन सरकारी संस्थान र भाडाका सवारीलाई पेट्रोल नदिइने पनि निगमले स्पष्ट पारेको छ ।