प्रधानमन्त्री ओलीलेद्धारा मन्त्रीपरिषद् बिस्तारको तयारी
काठमाडौं, १८ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीपरिषद् बिस्तारको तयारी गर्नु भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले आज प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बिस्तारको तयारी गर्नु भएको बताउनु भएको छ ।
बिहान बस्ने मन्त्रिपरिषद्को बैठकका आधारमा मन्त्रीपरिषद् बिस्तारको तयारी गर्ने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । बिहान बस्ने मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय फुटाएर मन्त्रालयको संख्या बढाउने तयारी गरिएको छ ।
मन्त्री परिषद् बैठक बिहान नौ बजेबस्नेछ । प्रधानमन्त्री ओलीले आफ्नो पार्टी नेकपा एमालेबाट उपाध्यक्ष भीम रावललाई उपप्रधान तथा रक्षा मन्त्री बनाउने तयारी गर्नु भएको छ । त्यस्तै उपमहासचिव विष्णु पौडेललाई अर्थमन्त्री बनाउने तयारी ओलीले गर्नु भएको छ ।
एमाले स्थायी समितिमा समेत मन्त्री बन्नेहरुको विषयमा सहमति नभएपछि प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीलाई मापदण्डका आधारमा मन्त्री छान्न जिम्मेवारी दिईएको छ । मन्त्रिपरिषद् बिस्तार भएमा साना दलहरुबाट समेत मन्त्री बन्नेछन । नेकपा एमाले, एकीकृत माओवादी, राप्रपा र अरु साना दलबाट राज्यमन्त्री समेत थप्ने तयारी भएको छ ।