Thaha

Monday 21 April - 10:50 am NST

पार्टी छोड्ने बेला के भने ४५ जना एमाओवादी नेताले ?


हाम्रो पार्टीको इतिहास क्रान्ति, परिवर्तन र विकल्पको इतिहास हो । राजतन्त्र, जहानिय राणा शासन, निरकुंश पञ्चायती ब्यवस्थाको बिरुद्धमा जीवन मरणको संघर्ष गर्ने महान योद्धाहरुको त्याग बलिदान र समपर्णले हाम्रो पार्टीको ऐतिहासीक जीवन औशत क्रान्तिकारी हुन पुग्यो । विभिन्न काल खण्डमा टुट्ने÷फुुट्ने र एकीकरण हुँदै अगाडी बढ्ने क्रममा कैयौं क्रान्तिकारीहरु कहिले छुट्ने र कहिले पुन सामेल हुने चक्रिय क्रममा हामी अगाडी बढ्यौ । वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक, भाषिक र सांस्कृतिक आदि क्षेत्रमा हुने गरेका अन्याय, अत्याचारका बिरुद्ध निरन्तर संर्घष गर्दै जाँदा हामी आफै एउटा बलियो बैकल्पिक धारा र शक्तिको रुपमा देशमा उपस्थित भयौ । यस क्रममा सबै खाले न्यायपूर्ण आन्दोलनहरु ऐतिहासिक जनयुद्ध, जनआन्दोलन, मधेस थरुहट आन्दोलन एंव कैयोैं उत्पीडित वर्ग र समुदायले चलाएका आन्दोलनहरुमा साहदत्व प्राप्त गर्नुहुने महान शहिदहरु प्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै महान् शहिद परिवार वेपत्ता एवं घाईते परिवार प्रति हार्दिक ऐक्यवद्धता प्रकट गर्दछौं । 


भनिन्छ इतिहासले भविष्यमा गल्ती गर्ने बाट सिकाउँदछ भने भविष्यको सहि दृष्टिकोणले वर्तमानलाई दिशानिर्देश गर्छ । तर दुर्भाग्य हाम्रो पार्टीको इतिहासले वर्तमानमा गल्ती गर्नबाट कहिल्यै रोक्न सकेन । “काग कराउँदैछ पिनास सुक्दैछ” भन्ने नेपाली उखान जस्तै एकातिर हामी मालेमावादी सिद्धान्तहरुको विकाश गर्ने र त्यसैलाई सार्वभौमिकता सम्म पुर्याउने ठुलो कुरा उठायौ भने अर्कातिर हामी निरन्तर स–साना आºनै गल्तीहरुबाट बच्न सकेनौ ऐतिहासिक जनयुद्ध र जनआन्दोलन पछि देशका अन्य सबै खाले जनविरोधी र यथास्थितिवादी धाराहरुको विकल्पमा नँया शक्तिको रुपमा स्थापित भएको पार्टी आज आएर संगठनात्मक र वैचारिक दुवै दृष्टिले कमजोर हुन पुग्यो । विगत संविधान सभाको दोस्रो निवार्चन त्यसैको भरपर्दो उदाहरण हो । आस्था, आर्दश र उदान्त उद्देश्यप्रति समर्पित कार्यकर्ता र जनताको ठूलो पङ्तिले गरेको त्याग र वलिदान तथा हामीले लिएको कार्यनीती गोलमेच सम्मेलन, अन्तरिम सरकार, संविधानसभाको निवार्चन र गणतन्त्रको एजेन्डाले राष्ट्रिय रुपमा नै प्रभाव पार्दा पनि त्यसको स्वामित्व सापेक्षित रुपमा लिन सकेनौ । अन्ततः “घुमिफिरी रुम्जाटार” भन्ने उखान जस्तै एमाले र कांग्रेसकै संघीय मोडलमा हाम्रो पार्टीले सहमती जनाउन बाध्य हुनु हाम्रो जीत होइन । यसका बावजुत पनि मोटो रुपमा भए पनि गणतन्त्र, संघियता,  धर्मनिरपेक्षता, समावेशी र समानुपातिक विषय कमजोर रुपमा भए पनि संविधानमा जीवित रहनु सकरात्मक विषय हो । तर पनि जुन स्पिरिट र मोडलमा हामीले देशको अग्रगामी पुर्नसंरचना गर्ने भनेर आम जनतालाई अपील गरेर संघर्षमा उतारिएका थियौं त्यसको अन्तरवस्तु संविधानमा लिपिबद्ध हुन सकेन । सायद यहि कारणले गर्दा आज देशको अर्थतन्त्र इतिहासकै नकरात्मक पटाक्षका रुपमा खाडलमा परेको छ । 
भूकम्प पछिको अवस्थामा देशमा पैदा भएको नव निमार्णको संकल्प, राष्ट्रिय सहमतिको आवश्यकता, आन्दोलनरत पक्षलाई संवोधन गर्दै संविभान निमार्णमा सापेक्षित सहमति कायम गर्ने प्रतिबद्धता, देशको राष्ट्रिय अखण्डता र सार्वभौमिकताको रक्षा गर्दै परिपक्क र प्रगतिशिल कुटनीतिक सन्तुलन मिलाउने पहलकदमी आदि जस्ता विषयहरुमा प्रमुख पार्टीको नेतृत्वले सापेक्षित र परिपक्कता पूर्वक ध्यान नपुर्याउँदा देश गंभीर रुपमा अभाव र महंगीको कहरमा बाच्नु परेको छ । अघोषित रुपमा लगाइएको नाकावन्दीको मारमा आम नेपाली जनता पिल्सिनु परेको छ । यस्तो अवस्था समग्र देश र जनताको पक्षमा आºनो भूमिका कसरी निवार्ह गर्ने भन्ने तिर भन्दा पनि जोसंग मिलेर पनि, जसरी पनि पार्टीको शीर्ष नेतृत्वको टिम नै पदको निम्ति लुछाचँुडी गर्नु विचलन र विघटनको पराकाष्ठा बाहेक अरु केही पनि हुन सक्दैन । इतिहासका सबै प्रकारका जनपक्षीय र जायज आन्दोलनमा प्रतिगमनकारी दमनको बाटो लिनेहरुलाई पद प्राप्ती गर्नका लागि मित्र ठान्दै सहकार्य गर्नु र इतिहासका सबै प्रकारका न्यायपूर्ण आन्दोलनका सहयात्रीहरुलाई कपोकल्पीत आरोप लगाउनु र वदनाम गर्नु कदापी क्रान्तिकारी हुन सक्दैन् । यसको जवाफ इतिहासले अवस्य पनि खोज्ने छ । 


पछिल्लो समयमा आइपुग्दा हाम्रो पार्टीको रणनीति र कार्यनीतिमा कुनै तादाम्यता छैन् । सिद्धान्त र विचारमा हाम्रो पार्टी नराम्रोसंग सारसंग्रहवादमा फसेको  छ । सारसंग्रहवादले कुनै कुरालाई सहि देखाउदैन् र पुष्टि गर्दैन । सायद हामीले एमाले पार्टीलाई केही समय पहिले यही भन्ने गरेका थियौ । आज प्रकारान्तरले त्यही कुरा हाम्रो लागि फर्किएको छ । संगठनात्मक प्रणाली र पद्धतिका दृष्टिले हाम्रो पार्टी द्वन्दवादी तरिकाले होइन कि एकाधिकारवादी तरिकाले चल्ने गरेको छ । कुनै पनि गतिशिल एवं जीवित वस्तु प्रणालीमा चल्ने गर्छ । आºनो अनुकुलता र स्वार्थमा प्रणालीको खोजी गर्नु, तर त्यो प्राप्त नगर्दै अर्कोमा विचरण गर्ने बानी र आदत पार्टीमा हावी भैसकेको छ । जसका कारणले संगठनात्मक सिद्धान्तका विषयमा हाम्रो पार्टी अस्पस्टता, तदर्थवाद र अराजकतामा फसेको छ । ब्यवहारत यसको अभिब्यक्ति पार्टी केही निश्चित “अभिजात” हरुको मौजा जस्तो र अरु मोही जस्ता वन्नु पर्ने, सबै पार्टी तह जनवर्गीय संंगठनको र मोर्चाहरुको नेतृत्वमा सदावहार रुपमा आदेशित र निर्देशित ब्यक्तिहरुको मात्रै छनौट हुनु पर्ने अन्यथा उसको सम्पूर्ण राजनैतिक जीवन समाप्त हुने जस्ता प्रवृति हावी हुनुले संगठनात्मक जीवन सुन्य प्राय जस्तो बनेको छ । कुनै पनि क्रान्तिकारीको त्याग र लगानीको मापन र मूल्याङकन उसको इतिहास र भूमिकाका आधारमा होइन कि कसैको निरपेक्ष समर्थन गर्छ कि गर्दैन भनेर हुने गर्दछ । जसका कारणले गर्दा विभिन्न अन्तरसंघर्षहरुबाट कैयौं इमान्दार क्रान्तिकारीहरु पनि बाहिरिने, निस्कृय हुने क्रम बढ्नु राम्रो संकेत होइन । सामन्तवादी जमिन्दारी प्रणालीमा त खेत जोतेपछि मोहियानी हक लाग्ने कानुन बनाइएको थियो भने हाम्रो पार्टीमा त्यति पनि हुन नसक्नु पार्टी परिचालन गर्ने द्वन्दवादी प्रणालीको दुःखद पटाक्षय र मजाक बाहेक अरु केही होइन ।   
आस्था, मूल्य, मान्यताको राजनीतिमा संस्कार संस्कृति र आचरण हुन्छ । ब्यक्तिगत रुपमामा कसैले कसैलाई आक्षेप लगाउने र आरोपित गर्ने भन्दा पनि समग्रमा हाम्रो आन्दोलमा फरक पहिचानको बिम्ब हुनुपर्दथ्यो । पछिल्ला केही वर्षहरुमा आम जनताले त्यो महसुश गर्न नसक्नु र संस्थागत रुपमा उहि संसदीय पार्टीभन्दा कहि कतै पनि भिन्न नहुनु विचलनको अर्को नमूना हो । जनताको सेवामा सेवक भएर भन्दा पदलोलुपता, महत्वकाक्षां र अवसरको निम्ति जो संग पनि लम्पसार पर्ने हाम्रो शैली बन्न थाल्यो । ब्यवस्थापन, उत्पादन र सृर्जनामा अनुकरण गर्न सक्ने हामीसँग केही नहुनु दुःखद विषय हो । यही अवस्थामा अरुलाई प्रशिक्षण दिने कुरा गर्नु भनेको खोक्रो उपदेश बाहेक अरु केही हुन सक्दैन । 


पार्टी भनेको जनताको परिवर्तन र मुक्तिको निम्ति साध्य होइन साधन बन्नुपर्छ । कुनै खास उद्देश्य, प्रयोजन र लक्ष्य प्राप्तिको निम्ति पार्टीले साधनको भूमिका खेल्नुपर्दछ । कैयौं आरोह÷अवरोहका बीच हाम्रो पार्टीले नेपालमा संघिय गणतन्त्र ल्याउनका लागी निवार्ह गरेको भूमिका महत्वपूर्ण छ । अव देशको परिस्थिति फेरिएको छ । देशको चक्र अर्को अध्यायमा प्रवेश गरेको छ । सूचना, संचार र प्रविधिको तीब्र विकासले पुँजीवादको चक्र पनि अर्को अध्याय कर्पोरेट पुँजीवादमा प्रवेश गरेको छ । अबको राजनीतिक क्रान्ति पनि अभिन्न रुपले आर्थीक क्रान्तिसँग जोडिएको छ । संसारका महाशक्तीहरु हिजोको उपनिवेशिक, अर्ध उपनिवेशिक चरणमा हाम्रो भूगोलबाट धेरै टाढा थिए र तर अबका केही वर्षमा संसारका उल्लेख्य आर्थिक केन्द्र र महाशक्तिहरु हाम्रै सिमानामा हुदैछन् । हामीले यो परिस्थितिलाई ठीक ढंगले मुल्याङ्कन र विश्लेषण गर्दै आफ्नो रणनीति र कार्यनीतिलाई बदल्न सकेनौ र राजनीतिक क्रान्ति, आर्थिक क्रान्ति र सामाजिक क्रान्तिलाई सँगसँगै लैजान सकेनौ भने हामीसँग असन्तुष्टि, आक्रोस, निरासा संग÷संगै पराधिनता बाहेक केही बाँकी रहने छैन् । यस्तो जटिल परिस्थितिमा समग्र देशका समस्याहरुको हल गर्न तिर हाम्रो ध्यान जान सकेन । झन्डै आधा जनसंख्या भएको मधेश तराई आन्दोलनमा होमिएको करिव÷करिव तीन महिना हुन लाग्यो । कैयौं मगरात लगायत उत्पीडित जाती÷जनजाती र संविधान निमार्णका क्रममा आफ्नो अपनत्व र स्वामित्व छुटेको महसुश गर्दा पनि उनिहरुलाई सहभागी बनाउने कुनै सार्थक पहल भइरहेको छैन । राज्य प्रयोग गर्दै दमन गरेर जाने केही पुराना संसदीय सामाजिक फासीवादीहरुकै लहैलहैमा कुर्सीको निम्ति दौडधुप गर्ने र समस्याको राजनैतिक समाधान तिर ध्यान नजानाले गंभीर रुपमा सामाजिक सद्भाव भड्किने खतरा देखा पर्दै गइरहेको छ । तीन विशेषता भएको भौगोलिक अवस्थिति हिमाल, पहाड, मधेसका भावनाहरुलाई राष्ट्रिय एकतामा जोड्न पहल गर्नुको साटो आरोप प्रत्यारोपमा मुछिनु जिम्मेवारीबाट भाग्नु हो । वर्तमान सरकारको समीकरण पनि इतिहासकै मजाकका रुपमा बनेको छ र यो सरकारले थारुवान÷थारुहट, मधेस, मगरात, तमुवान, किंरात, कोचिला,, महिला, दलित, मुस्लिम र जनजाती लगायत अन्य सम्पूर्ण न्याय प्रेमी जनताका समस्याहरु हल गर्दै महंगी, अभाव र जनताका दैनिकीहरुको सहजीकरण गर्ने कुनै संभावना देखिदैन् । भुकम्प पछिको पुनःर्निमार्ण र नवनिर्माण कुरा त धेरै नै पछाडी परेको छ । हामी आपैmले संविधान बनाउँदा राखेको नोट अफ डिसेन्ट (विमतीहरु) लाई वेवास्ता गर्दै दीपावलीमा रमाउनुले पनि हाम्रो पहलकदमी गुमेको कुरा स्वतः स्पष्ट छ । वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक, भाषिक र सांस्कृतिक उत्पीडनको अन्त्य गरी समावेशी,  समानुपातीक र सहभागीतामुलक जनमुखी लोकतन्त्र तिर देशलाई डोर्याउँदै समृद्धि, सुशासन र समाजवादमा पुर्याउने लक्षमा दृढता पूर्वक अगाडी बढ्नुपर्छ । यस्तो विसम परिस्थितिमा आफ्नौ छुट्टै पहिचान, अलग वैकल्पिक धार र स्वतन्त्र पहलदकदमी हनुपर्दथ्यो । वामपन्थी ध्रुवीकरणका नाममा पुरानै संसदीय संस्कारको फोहोरी कुण्डमा पस्नु सैद्धान्तिक गल्ती हुनेछ । त्यसैले सुधारिएको संसदीय व्यवस्थाको फेरो भित्र गोलचक्कर मार्ने कार्यनीतिले हाम्रो स्वतन्त्र वैकल्पिक राजनीतिक अस्तित्व समाप्त हुदैछ । यस्तो तरिकालाई सर्मथन गर्न सकिदैन । सिद्धान्त र विचारमा नयाँ संकल्प, राजनीति र कार्यक्रममा नयांँ योजना, संगठनात्मक प्रणालीमा नयाँ पहल संस्कार, संस्कृति र  आचरणमा नयाँ शैली सहितको विकल्प देशमा आवश्यक छ ।

एक्काइसौ शताब्दीमा जनवादको विकास लगायतका विषयहरु र गत केन्द्रीय समितिमा २५ बुदें प्रस्ताव पेश गर्दा केही आशाहरु अवश्य जागेका थिए । तर वर्षौसम्म संसारको कुनै पार्टीमा पनि नदेखेको नबुझेको कुरा हाम्रो पार्टीले कुनै ऐजेन्डालाई टुगाेंमा पुराउँदैन । त्यो त्यसै हराउँछ । आधारभूत रुपमा यी विषयहरुको विकल्प दिन विद्यमान पार्टी नेतृत्व तयार नभएको र बारम्बार विभिन्न रुपमा विषयहरु उठाउँदा र उठाउन खोज्दा पनि कुनै ध्यान नदिएकाले पार्टी निरन्तर विघटनको दुःखद चरणमा गएको अवस्थाप्रति मुकदर्शक भएर बस्न सकिँदैन तसर्थ यस ऐतिहासिक संकटको बिन्दुबाट नयाँ वैकल्पिक नयाँ शक्ति निमार्णको अभियानमा लाग्नु कर्तव्य ठान्दै सो को जानकारी गराउँदछौ ।
    ( एमाओवादी पार्टी छोड्नु अघि देवेन्द्र पौडेल लगायत ४५ जनाले ‘हाम्रा असहमतिका केही विषयहरु’ शीर्षकमा पार्टीमा बुझाएको पत्र )

पार्टी छोड्नेको नामावली  :