Thaha

Monday 21 April - 10:42 am NST

रसुवामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३२ पुग्यो


काठमण्डौं, १७ कार्तिक । 

रसुवाको राम्चेमा आज दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । मृतकमध्ये १३ जना महिला र बालकसहीत १६ जना पुरुष रहेका छन् । रसुवाकै गोल्जुङ्ग—५  का ३ बर्षिय बालक निरतासी घले, ठेगाना खुल्न नसकेका गौरव सापकोटा नाम गरेको व्यक्तिको बाहेक अन्य मृतकको नाम खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । दुर्घटनामा परी घाईते भएकाहरुको जिल्ला अस्पताल धुन्चे र नुवाकोटमा उपचार भईरहेको छ । उपचार गराईरहेकामध्ये ४ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले मर्नेको संख्या अझै बढ्न सक्ने जनाएको छ । बसमा ७७ जना यात्रु सवार बस पल्टिएपछि २९ जनाको घटनास्थलमै र ३ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । काठमाण्डौंबाट स्याफ्रुबेसी जाँदै गरेको बा २ ख ५७०६ नम्बरको बस राम्चे गाविसको ग्राङ्गमा दिउँसो पल्टिएको हो । बस सडकबाट झण्डै २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनास्थल सदरमुकाम धुन्चेबाट करीब २० किलोमिटरको दुरीमा पर्दछ । राम्चे सडकखण्डमा माथिबाट पहिरो खसीरहने र बाटो जिर्ण रहेकाले यात्रुहरु जोखीमपूर्ण यात्रा गर्न बाध्य छन् ।