Thaha

Monday 21 April - 10:58 am NST

एमाओवादीका ४५ जना केन्द्रीय नेताले पार्टी छाडे

काठमाडौं, १७ कार्तिक ।

एकीकृत नेकपा माओवादीका ४५ जना केन्द्रीय नेताले पार्टी छाडेका छन् । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको नयाँ शक्ति बनाउने अभियानलाई साथ दिने घोषणा सहित केन्द्रीय सदस्य र सल्लाहकार गरी ४५ जनाले एकीकृत माओवादी छोडेका हुन् । ४५ जनाको नामावली सहितको पत्र मुख्यसचिव हितराज पाण्डेमार्फत् अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बुझाइएको नेता देवेन्द्र पौडेलले जानकारी दिनुभयो । ‘हामी नयाँ शक्ति निर्माणको अभियानमा लाग्यौं ।’ पौडेलले भन्नुभयो । 

डा.भट्टराईले असोज ९ गते नै एकीकृत माओवादी परित्याग गरिसक्नुभएको छ । आज पार्टी छाड्नेमा नेता देवेन्द्र पौडेल, स्वनाम साथी, हिसिला यमी, नवराज सुवेदी, खिमलाल देवकोटा,महेन्द्र पासवान, भीमप्रसाद गौतम,भक्तबहादुर शाह,रामकुमार शर्मा, रामरिझन यादव, रामचन्द्र झा, कल्पना धमला, गंगानारायण श्रेष्ठ हुनुहुन्छ । त्यस्तै कुमार पौडेल, महेन्द्र श्रेष्ठ, शरुण बाँठा मगर, रमेश रञ्जन झा, प्रमोद नारायण यादव,रामलौटन तिवारी,कलामुद्दीन राईन, राजन किराँती,रमेश सिग्देल, अरविन्द साह, सरस्वती चौधरीले पनि एकीकृत माओवाद छोड्नुभएको छ । 

त्यस्तै चिनक कुर्मी, बलावती शर्मा, देवेन्द्र पराजुली, कल्पना सुवेदी, विष्णुहरि शर्मा, यमुना भुसाल,कृष्ण शर्मा, सोनामसिंह स्याङ्तानले पनि एकीकृत माओवादी छोडनुभएको छ ।  हिजो भट्टराईको निवास सानेपामा भएको भेलाले पार्टीमै बसेर नयाँ शक्ति निर्माणमा लाग्न नैतिक समस्या भएको भन्दै पार्टीबाट अलग हुने निर्णय गरेको  थियो । एकीकृत माओवादी राप्रपा नेपालसँग सरकारमा सहभागी भएको र अध्यक्षले पार्टीलाई एमालेमा बुझाउने लागेको आरोप लगाउँदै पार्टी विघटनको संघारमा रहेकोले राजिनामा दिन आवश्यक नरहेको नेता खिमलाल देवकोटाको भनाई छ । 
गत मंसिरमा बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी निर्माण सम्बन्धी २५ बुँदे प्रस्ताव पेश गरे पनि अहिलेसम्म निष्कर्ष दिन नसकेको भन्दै पार्टीमा बस्नुको औचित्य नभएको देवकोटाले बताउनुभयो । नयाँ शक्ति अभियानका नामबाट संगठन विस्तार गरेर दुई महिनापछि मात्रै नयाँ पार्टी घोषणा गर्ने तयारी भट्टराई पक्षको छ । 

पार्टि छोड्नेको नामावली :