Thaha

Sunday 22 September - 1:11 pm NST

कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज पनि बस्ने

काठमाडौं, १७ कार्तिक । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज पनि बस्दैछ । विहान ११ बजेपछि पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा पार्टीले बेहोरेको पछिल्लो असफलताका विषयमा छलफल जारी रहने कांग्रेसले जनाएको छ ।

हिजोको बैठकमा काँग्रेसका तीन जना शीर्ष नेताबीच आरोप प्रत्यारोप भएको थियो । राष्ट्रपति, उपराष्ट्रपति प्रधानमन्त्री, सभामुख र उपसभामुख गुमाएपछि तीनै जना शीर्ष नेताले त्यसको दोष एक अर्कालाई दिएका हुन् ।  हिजो २२ जनाले बोलेका थिए ।