Thaha

Sunday 22 September - 1:34 pm NST

यसवर्ष फूलको उत्पादन बढ्यो

काठमाडौं, १६ कार्तिक । नेपालमा यसवर्ष फूलको उत्पादन बढेको छ । यस वर्ष तिहारलाई आवश्यक पर्ने फूल मध्ये ८० प्रतिशत अहिले नेपालमा नै उत्पादन भएको छ । गत वर्ष कुल मागको ६० प्रतिशत मात्रै नेपालमा उत्पादन भएको थियो ।

यस वर्ष तिहार ढिलो भएको र लागाएको सबै फूल तिहारको बेला फुलेकोले बढि माग धान्न सक्ने अवस्था रहेको नेपाल फ्लोरिकल्चर एसोसियसनका महासचिव दिलिप बादेले थाहासन्चार नेटर्वकलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाल अझै फूलमा आत्मनिर्भर बन्न नसक्दा यस वर्ष पनि बाहिरि मुलुकबाट फूल आयात गर्नुपर्ने भएको छ । भारतले अघोषित नाकाबन्दी लगाएकोले त्यहाँबाट फूल ल्याउन पनि समस्या हुने देखिएको छ । कुल आवश्यकताको २० प्रतिशत फूल आयात गर्नुपर्ने भए पनि त्यति मात्रामा भारतबाट ल्याउन सक्ने अवस्था नरहेको एशोसिएसनले जनाएको छ ।

अहिलेसम्मको अवस्था हेर्दा भारतबाट १० प्रतिशत मात्रै फूल आयात गर्न सकिने अवस्था रहेको एशोसिएसनका महासचिव बादेले बताउनुभयो । नेपालमा अहिले ३५ जिल्लामा १ सय २० हेक्टर क्षेत्रफलमा कुल ७ सय किसानले फुल खेती गर्दै आएका छन्  । आत्मनिर्भर बनाउन एशोसिएसनले आर्थिक वर्ष २०७५–०७६ सम्म आन्मनिर्भर बनाउने तय ारी गरेको छ ।