Thaha

Sunday 22 September - 1:37 pm NST

नेपाली काँग्रेसको केन्द्रीय कार्य समिति बैठक आज

काठमाडौं, १५ कार्तिक । अति विशिष्ठ पदमा भएका सबै चुनावमा पराजयको समिक्षा गर्न नेपाली कांग्रेसको  केन्द्रीय कार्य समितिको बैठक आज बस्दैछ । ११ बजेपछि पार्टी कार्यालय सानेपामा बस्ने बैठकले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीमा भएका चुनावमा पराजित भएपछि त्यसको समिक्षा गर्न गर्न केन्दीय समिति बैठक बोलाइएको कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडुले जानकारी दिनुभयो ।

राष्ट्रपतिमा के बी गुरुङ विद्यादेवि भण्डारीसँग, उपराष्ट्रपतिमा अमियकुमार यादव नन्दबहादुर पुन पासाङसँग र प्रधानमन्त्रीमा सुशील कोइराला के पी शर्मा ओलीसँग पराजित हुनुभएको थियो । बैठकमा आगामी महाधिवेशनको तयारी र जिम्मेवारी बाँडफाँडका विषयमा पनि छलफल हुने बडुले बताउनुभयो । पार्टीले एक पछि अर्को पराजय बेहोर्नुका पछाडी नेतृत्वको कमजोरी रहेको भन्दै युवानेताहरुले सामूहिक रुपमै सभापति लगायत शीर्षनेताको आलोचना गर्ने तयारी गरेका छन ।