Thaha

Sunday 22 September - 1:25 pm NST

सरकार र आन्दोलनरत दलबीच आजपनि वार्ता हुँदै

काठमाडौं, १५ कार्तिक । सरकार र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आजपनि वार्ता हुँदैछ । दिउँसो ४ बजे संघीय समाजवादी फोरमको पार्टी कार्यालय तीनकुनेमा हुने आजको वार्तालाई मोर्चाले निर्णायक भनेको छ ।

शुक्रवार भएको वार्तामा मोर्चाले प्रदेशको सिमांकनको स्पष्ट खाका ल्याउन सरकारसँग माग गरेको थियो । आज सिमांकनको चित्त बुझ्दो खाका नआए वार्तामा बस्नुको औचित्य नहुने मोर्चाले बताएको छ । सरकारले भने तत्काल सिंमानको खाकाभन्दा पनि संघीय आयोग बनाएर त्यसको सिफारिसका आधारमा खाका तयार गर्नु पर्ने वा राजनीतिक सहमतीका आधारमा संविधान संशोधन गर्ने मध्ये एउटा विकल्प रोज्न मोर्चालाई आग्रह गरेको छ ।

यसअघिको वार्तामा आन्दोलनमा घाइते भएकाको निशुल्क उपचार, मृतकका परिवारलाई १० लाख दिने, झुट्टा मुद्धा  फिर्ता लिने प्रतिवद्धता जनाउँदै त्यसको कार्यान्वयन भए नभएको अनुगमन गर्न दुई सदस्य समिति गठन गरेको थियो । समितिमा सरकारको तर्फबाट कानून मन्त्री अग्नि खरेल र मोर्चाको तर्फबाट लालबाबु राउत हुनुहुन्छ ।