Thaha

Sunday 22 September - 1:34 pm NST

नवनिर्वाचित उपराष्ट्रपति पासाङ्गले आज पद तथा गोपनीयताको सपथ लिदैं

काठमाडौं, १५ कार्तिक । नवनिर्वाचित उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ्गले आज पद तथा गोपनीयताको सपथ लिदैं हुनुहुन्छ । दिउँसो दुई बजे राष्ट्रपति भवन सित्तल निवासमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नवनिर्वाचित उपराष्ट्रपति पुनले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुहुने छ ।

सपथको सबै तयारी पुरा भएको राष्ट्रपति कार्यालयले जनाएको छ । हिजो संसदमा भएको चुनावमा पुन उपराष्ट्रपतिमा निर्वाचित हुनु भएको हो ।  पुनले ३ सय २५ मत प्राप्त गर्दा अर्का उम्मेद्वार नेपाली काँग्रेसका अमियकुमार यादवले २ सय १२ मत हासिल गर्नुभयो ।   उपराष्ट्रपति पुनले ०६५ सालमा निर्वाचित पहिलो उपराष्ट्रपति परमानन्द झालाई बिस्थापित गर्नु भएको छ ।