Thaha

Sunday 22 September - 1:25 pm NST

उपराष्ट्रपति चयनका लागि ५ सय ४७ मत खस्यो, मतगणना जारी


काठमण्डौं, १४ कार्तिक
नयाँ उपराष्ट्रपति चयनका लागि व्यवस्थापिका संसदमा भएको मतदान सकिएपछि अहिले मतगणना शुरु भएको छ । बिहान ११ बजेदेखि २ बजे सम्म भएको उपराष्ट्रपति चयनका लागि मतदानमा कुल ५ सय ४७ मत खसेको  छ । संसदमा अहिले ५ सय ९७ सदस्य छन् । संयुक्त लोकतान्त्रिक मोर्चाले भने मतदान बहिष्कार गरेको छ । 

बेलुकी पाँच बजेसम्म सभामुखलाई उपराष्ट्रपतिको मत परिणाम बुझाईनेछ । बेलुकी पाँच बजे बस्ने व्यवस्थापिका संसद बैठकमा सभामुख ओनसरी घर्तीबाट उपराष्ट्रपति चुनावको मत परिणामसँगै निर्वाचित भएको घोषणा गर्नु हुनेछ । उपराष्ट्रपतिका लागि सत्तागठबन्धनका तर्फबाट एकीकृत नेकपा माओवादीले पूर्व लडाकु कमाण्डर नन्दकिशोर पुन पासाङ्गलाई र प्रमुख प्रतिपक्षदल नेपाली काँग्रेसले अमियकुमार यादवलाई उम्मेदवार बनाएको छ । हिजो उम्मेदवारी दिएका चार जना मध्यबाट दुई जनाले उम्मेदवारी फिर्ता लिएका थिए । उपराष्ट्रपतिमा चुनिन  २ सय ९९ मत आवश्यक पर्नेमा सत्ता गठबन्धनसँग ३ सय ४० मत छ । नेपाली काँग्रेससँग २ सय ७ मत  छ ।