Thaha

Sunday 22 September - 1:37 pm NST

विश्व शक्तिहरु सिरियामा शान्तीको खोजीमा

काठमाडौं, १४ कार्तिक । सीरिया संकट समाधान गर्ने विषयमा विश्वका विभिन्न राष्ट्रबीच सहमती जुटेको छ । सीरियाको संकट समाधानकोलागि भन्दै रुस, अमेरिका, इरान, साउदी अरब लगायत राष्ट्रका प्रतिनिधिले भियानामा गरेको वार्तामा यस्तो सहमती जुटेको हो । 


तर, त्यहाका राष्ट्रपति बसर अल असदको भबिष्य बारे भने कुनै सहमती जुटेको छैन । वार्ताका क्रममा संकट समाधानको गर्ने भन्नेमा सबै राष्ट्र एकमत भएपनि राष्ट्रपति असदको विकल्प खोज्ने पक्षमा भने सहमती जुट्न नसकेपछि त्यसको निर्णय सीरियाली जनतालाई नै गर्न दिने निष्कर्षमा पुगेको बीबीसीले जनाएको छ ।

वार्ता पछि रुसी बिदेशमन्त्री सर्गेइ लाभरोभले अब सिरियाको राष्ट्रपति को हुने भन्ने त्यहाका जनताले नै निर्णय गर्ने प्रतिक्रिया दिनुभयो । अमेरिका साउदीअरव लगायतका राष्ट्र असादलाई भुमिकाविहिन बनाउने पक्षमा रहेपनि रुस र इरानको असादको पक्षमा उभिएपछि सर्वसम्मत निर्णय हुन नसेको हो । संकट कसरी समाधान गर्ने भन्ने निर्णय गर्न दुई हप्ता पछि फेरी वार्तामा बस्ने सहमती गर्दै भियानामा भएको वार्ता भने सकिएको छ ।