Thaha

Sunday 22 September - 1:10 pm NST

पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कण्डेलमाथि गोली हान्ने प्रयास

काठमाडौं, १३ कार्तिक । पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कण्डेललाई गोली हान्ने प्रयास भएको छ । घट्नाका दुई जना भारतीय योजनाकारलाई प्रहरीले पक्रेको छ । नवलपरासीको महेशपुर घरबाट बडहरा दुबांैलिया मंगलापुरमा रहेको आफनो माछापोखरी जाने क्रममा ललितपुर भन्ने ठाउँमा रोकी गोली हान्ने प्रयास गर्ने दुई भारतीय योजनकारलाई प्रहरीले पक्राउ गरेको हो ।

भारतीय समुहले ६ राउण्ड लोडेड पेस्तोल कण्डेलको टाउकोमा राखी गोली चलाउन खोज्दा कण्डेलका अंगरक्षक असई दीपक घिमिरेले बचाएको र प्रहरीको सहयोगमा दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश महराजगंज जिल्लाको ठुठीबारीका ४२ वर्षीय उज्ज्वल गडतौला र ठुठीबारी नजिकै पर्ने राजाबारीका जोगेन्द्र पासवान  रहेको प्रहरी उपरिक्षक नल प्रसाद उपाध्यायले जानकारी दिनुभयो । अनुसन्धान भैरहेको विस्तृत विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो ।  कडेंल काँग्रेसका नेता हुनुहुन्छ ।