Thaha

Tuesday 07 April - 6:00 pm NST

तिहारको आसपास भित्रै पेट्रोलियम पदार्थको अभाव हट्ने छ–आपूर्तिमन्त्री पुन

काठमाडौं, १२ कार्तिक । आपूर्तिमन्त्री गणेशमान पुनले अहिले देखिएको पेट्रोलियम पदार्थको अभाव आउँदो तिहारको आसपाससम्ममा समाधान हुने बताउनु भएको छ । चीनसंग हिजो गरिएको सम्झौता कार्यान्वयनमा समय लाग्ने भएकाले अझै  केही हप्ता वैकल्पिक उर्जामा जोड दिनुपर्ने बाध्यता रहेको मन्त्री पुनले बताउनु भयो ।

थाहा संचार नेटवर्कको कार्यक्रम द न्यूज प्लसमा कुराकानी गर्दै मन्त्री पुनले सरकारले नीजि कम्पनीलाई पनि पेट्रोलियप पदार्थको खरिदका लागि बाटो खोलेको, ग्याँस सिलिण्डरलाई आधा परिमाणमा बजारमा ल्याउने तयारी गरेको, सौर्य उर्जा, ब्रिक्रेट लगायत वैकल्पिक उर्जाको प्रयोगलाई बढवा दिनेगरी योजना बनाएको बताउनु भयो ।

उहाँले आपूर्ति सहज गर्नका लागि भारतसंग कुटनीतिक रुपमा पहल भैरहेकाले छिट्टैनै उच्चस्तरीय वार्ताको तयारी भएको जानकारी पनि दिनुभयो । चीनले उपलब्ध गराउने भनेको अनुदानको पेट्रोलियम पदार्थ केरुङ्ग आउने क्रममा रहेको र एक दुईदिनभित्रमा अनुदानको तेल नेपाल ल्याइने मन्त्री पुनले बताउनु भयो ।

उहाँले अनुदानको इन्धन ल्याउनका लागि ट्याङ्कर तयारी अवस्थामा राखिएको र खबर आउने वित्तिकै केरुङ्ग पठाईने बताउनु भयो । चीनले १३ लाख लिटर इन्धन अनुदानमा उपलब्ध गराउने जनाएको छ ।