Thaha

Sunday 22 September - 1:18 pm NST

नवनिर्वाचित राष्ट्रपति भण्डारीले आज पद तथा गोपनियताको सपथ लिने

काठमाडौं, १२ कार्तिक । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रधानन्यायधीशबाट पद तथा गापनीयताको सपथ दिदैं हुनुहुन्छ । दिउँसो ३ बजे राष्ट्रपति भवन सित्तल निवासमा भव्य समारोहका बीच राष्ट्रपति भण्डारीले पद तथा गोपनियताको सपथ लिने तयारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

संवैधानीक व्यवस्था अनुसार नवनिर्वाचित राष्ट्रपतिलाई प्रधानन्यायाधीश कल्याण श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गराएलगत्तै निवर्तमान राष्ट्रपति डाक्टर रामबरण यादवले राष्ट्रपति भण्डारीलाई पदभार हस्तान्तरण गर्ने कार्यक्रम छ ।

शपथ ग्रहणको कार्यक्रममा निवर्तमान राष्ट्रपति, प्रधानमन्त्री, संवैधानिक निकायका प्रमुख, राजनीतिक दलका शीर्षनेता तथा नेपालमा रहेका कुटनीतिक नियोगका प्रमुख लगायतलाई निमन्त्रणा गरिएको छ । हिजो व्यवस्थापिका संसदमा भएको चुनावमा ३ सय २७ मत प्राप्तगरी भण्डारी गणतन्त्र नेपालको राष्ट्रपति पदमा निर्वाचित हुनु भएको थियो ।