Thaha

Sunday 22 September - 11:29 am NST

वैद्य माओवादी र नेकपा एकिकृत एक हुने

 
काठमण्डौं, १० कार्तिक ।
मोहन बैद्य नेतृत्वको नेकपा माओवादी र परिथापा महासचिव रहेको नेकपा एकिकृतबिच एकता हुने भएको छ । 
नेकपा माओवादी अध्यक्ष वैद्य र नेकपा एकिकृतका महासचिव थापाले आज साँझ संयुक्त विज्ञप्ति जारी गर्दै पार्टि एकताको निर्णय भएको जनाएका हुन् । आधारभुत बैचारिक तथा राजनैतिक विषयहरु समान भएकाले पार्टि एकता गर्ने निर्णय गरिएको जारी विज्ञप्तिमा उल्लेख छ । 
पार्टि एकता संयोजन समितीको बैठकले पार्टि एकता गर्ने निर्णय गर्दै पार्टि एकता अधिवेसन यहि कार्तिक २२ गते काठमण्डौंमा गर्ने समेत तय गरेकोे छ ।