Thaha

Sunday 22 September - 11:11 am NST

राष्ट्रपतिमा ३ जनाको उम्मेदवारी दर्ता, भण्डारी, गुरुङ र महर्जन प्रतिस्पर्धामा


काठमाडौं , १० कार्तिक । भोली हुने राष्ट्रपति निर्वाचनकोलागि तीन जनाको उमेदवारी परेको छ । निर्वाचजन कार्यक्रम अन्र्तगत केहिबेर अघि सकिएको उमेदवारी दर्ताको समय सम्म नेकपा एमालेकी उपाध्यक्ष विद्या भण्डारी र नेपाली काग्रेसका केन्द्रीय सदस्य कुलबहादुर गुरुङ र नेपाल मजदुर किसान पार्टीका नारायण महर्जनले उमेदवारी दर्ता गराएका हुन् । सत्ता साझेदार एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा भण्डारीको उम्मेदवारी दर्ता भएको हो । उहाँलाई राप्रपा नेपालका अध्यक्ष कमल थापा, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलगायत ९ वटा पार्टीले समर्थक गरेका छन् । एमालेको स्थायी समितिको हिजो बैठकले उपाध्यक्ष भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । 

यस्तै नेपाली काग्रेसका गुरुङलाई काग्रेस महामन्त्री प्रकासमान सिंहले प्रस्ताब गर्नुभएको छ भने अर्का महामन्त्री कृष्णप्रसाद सिटौलाले समर्थन गर्नुभएको छ ।आजै बिहान बसेको काग्रेस केन्द्रीय समितिको बैठकले गुरुङलाई राष्ट्रपतिको उमेद्बार बनाउने निर्णय गरेको थियो । यस्तै नेपाल मजदुर किसान पार्टीका नारायण महर्जनले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराउनुभएको छ । महर्जनको प्रस्तावकमा नेपकिपाका सांसद प्रेम सुवाल र समर्थकमा डिल्लीप्रसाद काफ्ले छन् । सरकारलाई समर्थन गर्ने दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रमा बसे पनि नेककिपाले राष्ट्रपतिमा छुट्टै उम्मेदवारी दिएको हो । 


सत्तारुढ दलहरुको तर्फबाट यसअघि नै एमाले उपाध्यक्ष विद्या भण्डारीको उम्मेदवारी दर्ता भइसकेको छ । सत्तारुढको साझा उम्मेदवार एमाले उपाध्यक्ष भण्डारीलाई ८३ सिट रहेको एकीकृत माओवादी, २५ सिटको राप्रपा नेपाल, १२ सिटको राप्रपा, ५ सिटको नेकपा (माले)लगायतका पार्टीले समर्थन् गर्नेछन् । एमालेको १ सय ८३ मत रहेको छ ।