Thaha

Sunday 22 September - 11:19 am NST

कांग्रेसबाट राष्ट्रपतिमा गुरुङ र उपराष्ट्रपतिमा यादवले उम्मेदवारी दिने

काठमाडौं १०, कार्तिक । नेपाली काँग्रेसले राष्ट्रपतिमा पार्टीका केन्द्रीय सदस्य कुलबहादुर गुरुङलाई उमेद्बार बनाउने भएको छ । 
मंगलबार विहान बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले गुरुङलाई राष्ट्रपतिको उमेद्बार बनाउने निर्णय गरेको हो । बैठकले सिराहाबाट समानुपातिक सभासद अमिय कुमार यादवलाई उपराष्ट्रपतिको उमेद्बार बनाउने निर्णय गरेको केन्द्रीय सदस्य सीता गुरुङले जानकारी दिनुभयो । यसअघि विहानै राष्ट्रपति उपराष्ट्रपतिको उमेद्बारी टुंगो लगाउने काँग्रेसको पदाधिकारी बैठक पार्टी सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा बसेको थियो । केहीबेरमा उमेद्बारी दर्ता गरिने काँग्रेसले जनाएको छ ।