Thaha

Sunday 22 September - 11:13 am NST

उपराष्ट्रपतिको निर्वाचन कार्तिक १४ गतेसम्मलाई स्थगित

काठमाडौं, १० कार्तिक । उपराष्ट्रपतिको निर्वाचन कार्तिक १४ गतेसम्मलाई सरेको छ । विशेष कारणवश निर्वाचन कार्यक्रम कार्तिक १४ गते ५ बजेका लागि सारिएको राष्ट्रपति–उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । संवैधानिक व्यवस्थाका कारण राष्ट्रपति निर्वाचित भइसकेपछि मात्र उपराष्ट्रपति छान्नु उपयुक्त हुने देखिएकाले निर्वाचन कार्यक्रम सारिएको संसद सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिनुभयो । यसअघि कार्तिक ११ गतेका लागि चुनावको मिति तय भएको थियो । 

नयाँ संविधानको धारा ७० अनुसार राष्ट्रपति, उपराष्ट्रपति फरक–फरक लिंग, समुदायको हुनुपर्ने व्यवस्था छ । सहायक प्रवक्ता कुइँकेलले राष्ट्रपति–उपराष्ट्रपति पदको एकपटक निर्वाचन हुँदा एउटै समुदाय र लिगका उम्मेदवार निर्वाचित हुनसक्ने भएकोले निर्वाचन सार्नुपरेको स्पष्ट पार्नुभयो ।
अब उपराष्ट्रपति पदको निर्वाचनका लागि १३ गते बिहान १० देखि १ बजेसम्म नयाँबानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उम्मेदवारी दर्ता गर्नुपर्नेछ । दर्ता त्यही दिन उम्मेदवारको अन्तिम नामवली प्रकाशन, नामावलीमाथि दाबी÷विरोध र उम्मेदवारी लिने निर्वाचत तालिका छ ।