Thaha

Sunday 22 September - 11:16 am NST

भारतको मात्रै भर नपर्ने गरी चीनबाट तेल ल्याउने सम्झौता गर्छाैं : आपूर्तिमन्त्री पुन

काठमाडौं, ९ कार्तिक। भारतीय नाकाबन्दीका कारण देशमा ईन्धनको हाहाकार छ । यसले जनजीवन निकै कष्टकर बनेको छ र मुलुक संकटमा परेको छ । सरकारले चीनबाट जतिसक्दो छिटो तेल ल्याउने गरी काम गरिरहेको दावी पनि गरिरहेको छ । सरकारले चीनबाट तेल ल्याउन के गरिरहेको छ त ? सहकर्मी दीपेन्द्र कुँवरले वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनसँग कुराकानी गर्नुभएको छ ।  
चीनबाट तेल ल्याउने तयारी के हुँदैछ ? 
हामीले चीन सरकारलाई चिठी पठाएका छौं । हाम्रो टोली पनि जान्छ । 
कहिले जान्छ ? 
एकदम छिटो जान्छ , तर अहिले नै यही दिन भन्न सकिन्नँ ।
मङगलबार–बुधवार सम्म तेल आइपुग्ने भन्ने कुरा आएको छ । त्यो हो कि टोली जाने भएपछि अलि ढिला हुने हो ? 
होईन, अनुदानको पेट्रोल एक हप्ताभित्र हामी कहाँ आइपुग्छ । 
कति परिमाणमा आउँदैछ ?
 १३ सय केएल अर्थात हजार मेट्रिक टन आउँदैछ ।  अहिले हाम्रो जाने टोलीले अहिले परेको समस्या समाधान गर्नेछ । 
 यो टोलीले तात्कालिक समस्या मात्रै समाधान गर्ने हो वा दीर्घकालीन कदम पनि चाल्छ ? 
 पहिलो तात्कालिक समस्या समाधान नै गर्छौ, त्यसपछि दीर्घकालीन हिसाबले पनि एउटा निश्चित परिमाणमा, एउटा व्यापारीक तहबाट दुई देशले आफ्नो सम्वन्ध राख्ने हिसाबले जान्छौ र यो दीर्घकालीन हिसाबले पनि भोलिका दिनमा समस्या नपरोस् भन्नका निम्ती बाटो खोल्छौं । 
हाम्रो प्रतिक्रियामुखी भएर एकातिर गर्ने अर्कोतिर छोड्ने चलन  जस्तो छ , यसपटक पनि कतै त्यस्तै हुन्छ की भनेर धेरैका शँका छ ?
 होईन त्यस्तो हुँदैन, एउटा भुपरवेष्टित राष्ट्रले पाउने अन्तर्राष्ट्रिय अधिकार, पारवहन अधिकार, भूमि र आकाशको जुन अधिकार छ हामी त्यो पूर्ण रुपमा प्रयोग गरेर  पेट्रोल आपूर्ति मात्र नभएर सवै आपूर्ति पुर्ण रुपमा पुरा गर्छौ , त्यसको परिमाणमा अलिकति तलमाथि होला, भारतसँग पनि यसलाई सहज बनाउने कोशिस गरिरहेका छौ । तर पनि बैकल्पीक बाटोको रुपमा चीनसँग पनि दीर्घकालीन रुपमा अघि बढ्छौ । 
अब यो जाने टोलीले सम्झौता गर्छ ? चाईना नेशनल पेट्रोलियम कर्पोरेशन गर्ने कुरा पनि आको छ कुरा के हो ? 
हो । पहिले सरकरी तहमै सम्झौता हुन्छ, त्यसपछि सरकारका मातहतमा रहेका कम्पनी, जस्तो पेट्रोल चाइना लगायतको कम्पनीसँग सम्झौता हुन्छ । 
भारततिरबाट खुलाउन भैरहेको पछिल्लो अपडेट के छ ?
त्यो विषयलाई पनि सहज र प्रभावकारी बनाउन पनि हामीले अधिकतम प्रयास पनि गरिरहेका छौ । रक्सौल नाकाबाट रि रुटिङ गरेर ल्याउनका लागि  नेपाल आयल निगमको तर्फबाट पनि वरिष्ठ कर्मचारीहरु लाग्नुभएको छ । 
अब चीनतिरबाट कति दिनमा तेल आएर जनताले राहत पाउलान ? 
अहिले ठ्याक्कै समय त नतोकौ । तर सामान्य प्रक्रिया भन्दा एकदमै छिटो हुने गरी कोशिस गरेका छौँ,म आईसकेपछि टोली पठाउने र ठोस रुपमा सम्झौतामा जाने निर्णय भएको छ, मलाई लाग्छ एकदमै छिटो हुन्छ ।