Thaha

Sunday 22 September - 11:17 am NST

प्रधानमन्त्री ओली र एमाओवादी अध्यक्ष दाहालबीच भेटवार्ता


काठमाडौं, ९ असोज । प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच भेटवार्ता भएको छ ।

सरकार सञ्चालन सम्बन्धी उच्चस्तरीय राजनीतिक समितिका संयोजक समेत रहेका प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपति को चुनाव, उम्मेदवार मुलुकको पछिल्लो अवस्थाबारे प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीसँंग छलफल गर्नुभएका हो ।

 प्रधानमन्त्री ओली र प्रचण्डबीच  आधा घण्टा प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । एमाओवादी र एमालेवीच राष्ट्रपति र उपराष्ट्रपति पदमा उम्मेदवारी दिने सहमति भएको छ । सहमति अनुसार एमालेले राष्ट्रपति र एमाओवादीले उपराष्ट्रपतिमा उम्मेद्वारी दिनेछन् ।