Thaha

Sunday 22 September - 11:15 am NST

विद्या भण्डारीलाइ राष्ट्रपतिमा उठाउने एमालेको निर्णय

काठमाडौं, ९ कार्तिक । नेकपा एमालेले उपाध्यक्ष राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।स्थायी समितिको बैठकले भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।

एकीकृत माओवादीले उपराष्ट्रपतिमा उठाउने महासचिव कृष्णबहादुर महराले जानकारी दिनुभयो । एमाले र एमाओवादीको सहमति अनुसार दुई पार्टीले उम्मेदवार तयर गरेका छन् । राष्ट्रपतिको उम्मेदवारलाई औपचारिक समर्थन गर्ने विषयमा निर्णय गर्न एमाओवादीको बैठक बसिरहेको छ । नेपाली काँग्रसले भने अझै निर्णय गरिसकेको छैन् ।

तर उम्मेदवारी दिने उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो । नेपाली काँग्रेसले कुलबहादुर गुरुङलाइ अगाडि सार्ने तयारी गरेको छ। राष्ट्रपति रामवरण यादव र खिलराज रेग्मीको नाममा सहमति हुन नसक्ने स्थिति भएपछि गुरुङलाई अघि सार्ने काँग्रेसको तयारी छ । तर निर्णय भैनसकेको पौडेलले बताउनुभयो । भोलि विहान १० बजेदेखि उम्मेदवारी दर्ता शुरु हुनेछ ।