Thaha

Sunday 22 September - 10:13 am NST

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सांसद् मुस्ताक आलम राज्यमन्त्रीमा नियुक्त

काठमाडौं, ८ कार्तिक। मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सांसद् मुस्ताक आलम राज्यमन्त्रीमा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले फोरम लोकतान्त्रिकको सिफारिसमा आलमलाई राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले आलमलाई सिंहदरबारमा पद तथा गोपनीयताको शपथ दिलाउनुभयो । आलम रौटहट क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका मोहमद आफताव आलमलाई हराउँदै विजयी हुनुभएको थियो । आलमलाई कुन मन्त्रालय दिने भन्नेबारे अझै टुंगो लागेको छैन ।