Thaha

Friday 03 May - 12:55 pm NST

बिजुलीको पोल ढल्दा पर्वतका ४ सय ६५ घरधुरीमा अन्धकार


पर्वतको शंकरपोखरी गाविसमा बिजुलीका पोलहरु ढलेपछि बिगत पाँच दिनदेखी गाउँ अन्धकार बनेको छ । बिजुलीको पोल मक्किएर ढलेपछि गाविसका सबै वडामा कार्तिक ३ गते रातीदेखि बिजुली बल्न नसकेको हो ।

यसपालीको दशैँ अन्धकारमा बितेको स्थानीय नारायणप्रसाद तिवारीले बताउनुभयो । समान्य हावाहुरीले पनि तिनवटा बिद्युतका पोल ढलेपछि बिजुली वाल्न नपाएको उहाँले बताउनुभयो । बिद्युत प्राधिकरणले बेलमा चासो नदिँदा बिजुलीका पोलहरु भाँचिएको स्थानिय गुनासो छ । ढलेका पोलको पाँच दिनसम्म पनि मर्मत हुन सकेको छैन । 

गाविसका ४ सय ६५ घरधुरीका बासिन्दा बिद्युत नहुँदा सञ्चार सम्पर्कबाट बिच्छेद भएका छन् भने मोवाईल चार्ज गर्न समेत पाएका छैनन् ।