Thaha

Sunday 22 September - 10:22 am NST

प्रधानमन्त्री ओलीले राष्ट्रपतिसंग टिका लगाए


काठमण्डौं, ५ कार्तिक ।
प्रधानमन्त्री केपी शर्मा ओलीलो राष्ट्रपति डा रामवरण यादवको हातबाट टीका ग्रहण गर्नुभएको छ । राष्ट्रपति यादवले मध्यान्ह १२ बजे शीतल निवास गएर राष्ट्रपति यादवको हातबाट टीका लगाउनुभएको हो । यसअघि राष्ट्रपतिले हनुमान ढोका दशंैघरका मूल पुजारीबाट शुभसाईत विहान १० बजेर ५५ मिनेटमा टीका थाप्नु भएको थियो । 
प्रधानमन्त्रीलाई टीका लगाईदिएपछि दिउँसो एकबजेदेखि सर्वसाधारणलाई टीका लगाईनदिन शुरु गर्नुभएको छ ।  राष्ट्रपतिको हातबाट मन्त्री विश्वेन्द्र पासवान, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त, एनआरएनएका अध्यक्ष शेष घलेलाई टीका लगाई दिनुभयो । राष्ट्रपतिबाट टीका थाप्नु अघि प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान १० बजे ५५ मिनेटको उत्तम साइतमा पुरोहित लक्ष्मीप्रसाद लामिछाने र बुबा मोहनप्रसाद ओलीको हातबाट टीका ग्रहण गर्नु भएको थियो । 
आफुले टीक ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले बिहान ११ बजेदेखि झण्डै १ घण्टा सुरक्षाकर्मी र पत्रकारलाई टीका लगाउनुभएको थियो । ओलीले विशिष्ट ब्यक्ति टीका लगाइसकेपछि अहिले ३ बजेदेखि सर्वसाधारण र पार्टी कार्यकर्तालाई टीका लगाउने उहाँका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो । यस्तै पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, बाबुराम भट्टराई, झलनाथ खनालले पनि मान्यजनबाट टीका थाप्नुभएको छ ।