Thaha

Sunday 22 September - 10:26 am NST

प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा आउँदै

लक्ष्मी काफ्ले । झापा, ४ कार्तिक ।
प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा आउँदै हुनुहुन्छ । नेकपा एमालेसहित झापाका विभिन्न ३१ वटा संघ संस्थाको तर्फबाट गरिन लागेको नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली गृह जिल्ला झापा आउन लाग्नु भएको हो । प्रधानमन्त्रीलाई ३१ वटा संघ संस्थाले सामूहिक रुपमा अभिनन्दन गर्ने कार्यक्रम तय भएको छ । 
बिर्तामोडको अग्रेसन भवनमा अभिनन्दन समारोहमा आयोजना हुँदैछ । भद्रपुर बिमानस्थलमा उत्रिए लगत्तै प्रधानमन्त्री ओली झापा विद्रोहका अगुवाहरुको स्मृतिमा बनाएको सुखानी सहिद पार्कमा श्रद्धाञ्जलिका लागि पुग्ने एमाले झापाले जनाएको छ । 
श्रद्धाञ्जलिपछि प्रधानमन्त्री ओलीले सुखानी सहिद स्मृति पार्क परिसरमा कपुरको विरुवा रोप्ने कार्यक्रम छ । प्रधानमन्त्रीको आगमन हुने भएपछि झापाको सुरक्षा व्यवस्था कडा पारिएको छ । झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले आयोजकसहित सुरक्षा अधिकारीबीच प्रधानमन्त्रीको झापा आगमनका विषयमा गम्भीर छलफल भएको बताएका छन् ।