Thaha

Saturday 21 February - 8:40 am NST

काठमाडौंमा तरकारी विक्रि घट्यो


काठमाडौं, ४ कात्तिक । दशैंका कारण काठमाडौं उपत्यकामा तरकारीको बिक्री पनि घटेको छ । दशैं मान्न धेरै मानिस काठमाडौं बाहिर गएको र स्थानीयहरु पनि घरमै दशैं मान्न व्यस्त रहेकाले तरकारीको बिक्री घटेको हो । सधैं भीडभाड हुने तरकारीको मुख्य बिक्री केन्द्र कालिमाटी फलफूल तथा तरकारी बजार आज सुनसान जस्तै छ ।

बजारमा तरकारी पनि हिजो अस्तिको तुलनामा कम भित्रिएको थोक बिक्रेता राजेश श्रेष्ठले जानकारी दिए । उहाँका अनुसार आज ठूलो गोलभेडा ४० देखि ५०, सानो गोलभेडा २० देखि ३०, रातो आलु ३० देखि ४०, सेतो आलु २७ देखि ३० प्याज ६० देखि ७० रुपैयाँ किलोमा बिक्री भइरहेको छ ।

त्यसैगरी बन्दा काउली ४० देखि ५०, मूला २० देखि ३०, बोडी ८० देखि ९०, पर्व ५० देखि ६०, लौका ३० देखि ४० र स्कुस ८ देखि १० रुपैयाँ किलोमा बिक्री भइरहेको श्रेष्ठले बताए ।