Thaha

Sunday 22 September - 10:23 am NST

केहीबेरमा मन्त्रिपरिषद् विस्तार हुँदै / माओवादीले लगायो ७ मन्त्रीको टुंगो

काठमाडौं (कार्तिक १) । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद् बिस्तार गर्दै हुनुहुन्छ । अहिले केहीबेरमा एकीकृत नेकपा माओवादीका मन्त्रीलाई समावेश गराएर प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभएको हो । 
एकीकृत माओवादीले सचिव टोपबहादुर रायमाझीको नेतृत्वमा सरकारमा जाने सबैको नाम टुंगो लगाएको छ । रायमाझीले उपप्रधानमन्त्रीसहित उर्जा मन्त्रालय सम्हाल्नुहुनेछ । त्यस्तै, शक्ति बस्नेत गृह, गिरिराजमणि पोखरेलले शिक्षा, अग्नि सापकोटा वन, गणेशमान पुन आपूर्ति, रेखा शर्मा सामान्य प्रशासन र उमेश यादव सिँचाई मन्त्री बन्ने एकीकृत माओवादीका सचिव टोपबहादुर रायमाझीले थाहा सञ्चार नेटवर्कलाई जानकारी दिनुभयो । अहिले केहीबेरमा नयाँमन्त्रीलाई राष्ट्रपति रामवरण यादवले शीतल निवासमा शपथ गराउनुहुनेछ । एकीकृत माओवादीका तर्फबाट हरिबोल गजुरेलले यसअघि नै कृषि मन्त्रालय सम्हालिसक्नुभएको छ । 
यसैबीच, राष्ट्रिय जनमोर्चा पनि सरकारमा जाने भएको छ । सम्मानजनक मन्त्रालय पाएमा अध्यक्ष चित्रबहादुर केसीको नेतृत्वमा जनमोर्चा सरकारमा जाने भएको हो । यसअघि सरकारमा नजाने निर्णय गरेको जनमोर्चाले पहिलोपटक सरकारमा जाने निर्णय लिएको हो । 
थाहा सञ्चार नेटवर्कसँग कुरा गर्दै केसीले आफूहरु सरकारमा जाने निर्णय भएको बताउनुभयो । तर, मन्त्रालयको टुंगो भने लागेको छैन । सम्मानजनक मन्त्रालय नपाए केसी सरकारमा नगई दुर्गा पौडेललाई पठाउने तयारी छ  ।