Thaha

Sunday 22 September - 10:28 am NST

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी मन्त्रि वन्ने

काठमाडौं, १ कात्तिक ।  राष्ट्रिय जनमोर्चा पनि पहिलो पटक सरकारमा जाने भएको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको नेतृत्वमा जनमोर्चा सरकारमा जाने भएको हो । यसअघि सरकारमा नजाने निर्णय गरेको जनमोर्चाले पहिलो पटक सरकारमा जाने निर्णय लिएको हो ।

थाहासंचार नेटवर्कसंग कुरागर्दै केसीले आफूहरु सरकारमा जाने निर्णय भएको बताउनु भयो । तर मन्त्रालयको टुंगो भने लागेको छैन । भैरहवाबाट काठमाडौं आएपछिमात्र सपथको विषयले अन्तिम रुप पाउने केसीले जानकारी दिनुभयो ।