Thaha

Sunday 22 September - 9:04 am NST

उपप्रधान तथा परराष्ट्रमन्त्री थापा भारत भ्रमणमा जादैं

काठमाडौं, ३० असोज । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा तीनदिने भारत भ्रमणका लागि आज नयाँ दिल्ली जादैं हुनुहुन्छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजको निमन्त्रणमा दिउँसो चार बजे थापा नयाँ दिल्ली प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नयाँ दिल्लीमा रहँदा थापाले भारतले लगाएको अघोषित नाकाबन्दी अन्त्यका लागि पहल गर्ने कार्यक्रम तय भएको छ । तर भारतले भने दुई देशबीचका अरु मुद्दालाई प्राथमिकतामा राखेको छ ।

परराष्ट्र मन्त्री थापाले भने पारवहनमा सहमति जुटेपछि मात्र अरु विषयमा छलफल गर्ने तयारी गर्नु भएको छ । भ्रमणका क्रममा थापाले भारतीय उच्च राजनीतिक नेतृत्वसंग भेटवार्तागर्ने कार्यक्रम तय भएको छ ।