Thaha

Sunday 22 September - 9:19 am NST

सभामुख र उपसभामुखको चयनका लागि व्यवस्थापिका संसदमा चुनाव हुने

काठमाडौं, २९ असोज । राजनीतिक सहमतिमा सभामुख र उपसभामुखको चयन हुन नसकेपछि आज व्यवस्थापिका संसदमा चुनाव हुने भएको छ ।  बहुमतीय आधारमा सभामुख र उपसभामुख पदका लागि बिहान बिहान साढे ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ ।

दर्ता भएका प्रस्ताव बमोजिम नामावली प्रकाशन गर्ने समय दिउँसो साढे दुई बजेसम्मका लागि तय गरिएको छ । आजै दिउँसो तीन बजेनै सभामुखको निर्वाचन हुनेछ ।

त्यस्तै बेलुकी पाँच बजे संसदमा उपसभामुखको निर्वाचन हुनेछ ।  सत्तारुढ गठबन्धनबाट एकीकृत नेकपा माओवादीले अहिलेकै उपसभामुख ओनसरी घर्तिलाई सभामुखको उम्मेदवार बनाउने तयारी गरेको छ भने राप्रपा नेपालले गठबन्धनबाट आफ्नो दलकी सांसद कुन्तीकुमारी शाहीलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

नेपाली काँग्रेसले पनि सभामुख र उपसभामुखको उम्मेद्वार छान्नका लागि आन्तरिक छलफल गरिरहेको छ ।