Thaha

Monday 29 April - 8:59 pm NST

रसुवागढी नाका खुल्यो


काठमाडौं २८ असोज । 
बैशाख १२ गतेको भूकम्पपछि बन्द रसुवागढी नाका आजदेखि सञ्चालनमा आएको छ ।  रसुवा सदरमुकाम धुन्चेदेखि ३१ किलोमिटर उत्तरमा भोटेकोशी नदी किनारामा रहेको रसुवागढीमा नेपाल र चीनका अधिकारीले नाका पुनः औपचारिक रुपमा सञ्चालन गरेका हुन् । 


रसुवागढी नाका खुलेलगत्तै सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मले सीमा क्षेत्रमा आफ्नो पोस्ट खडा गरिसकेको सशस्त्र प्रहरी नायब उपरीक्षक दर्शन गिरीले जानकारी दिनुभयो । चिनियाँ सरकारका तर्फबाट डेपुटी डाइरेक्टर जनरल माक्विन्सेङ्गले नाका सञ्चालनको अवसरमा चीनले दिएको राहत सामग्री समेत हस्तान्तरण गर्नुभयो ।  


सेङले वाणिज्य मन्त्रालयका सहसचिब जीवराज कोइरालाको रोहवरमा रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई पाँच ट्रक राहत सामग्री हस्तन्तरण गर्नु भएको हो । चीनले रसुवागढीवाट नेपाललाई चामल, खाने तेल, पिठो, नुनलगायतका सामग्री उपलव्ध गराएको छ । गत वैशाख १२ गतेको भूकम्पपछिको पहिरोले क्षति र्पुयाएको रसुवागढीबाट २६ किलोमिटर सडक चीनले मर्मत गरी सञ्चालनमा ल्याएको हो ।