Thaha

Sunday 22 September - 9:18 am NST

सभाभुख र उपसभामुख चयन प्रकृया आजदेखि शुरु

काठमाडौं, २७ असोज ।  सभाभुख र उपसभामुख चयन प्रकृया आजदेखि शुरु हुँदैछ । दिउँसो ३ बजे संसद बैठक अघि नै सभामुख सुवासचन्द्र नेम्वाङ र उपसभामुख ओनसरी घर्तिले एक आपसमा राजिनामा दिएपछि नयाँ प्रकृया शुरु हुने सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी दिनभयो ।  

संसद बैठक आब्हान भएको मितिले २० दिन भित्र सहमतीका आधारमा नयाँ सभामुख, उपसभामुख चयन गसिक्नु पर्ने नयाँ संविधानको प्राब्धान छ । संसद बैठक आब्हान भएको भोली २० दिन पुग्दैछ ।

संसदको जेष्ठ सदस्यले सहमती भएमा सहमतीका आधारमा सभामुख उपसभामुख घोषणा गर्नेछन् भने सहमती नभए भोलीदेखि बहुमतिय प्रकृया शुरु हुनेछ । सूर्य बहादुर थापाको निधन पछि कांग्रेसका संसाद कुलबहादुर गुरुङ संसदको जेष्ठ सदस्य हुनुहुन्छ । अहिलेका सभामुख नेम्वाङ २०६२÷०६३ को जनआन्दोलन पछिको पुर्नस्थापित संसददेखि नै सभामुख हुनुहुन्छ ।