Thaha

Sunday 22 September - 9:17 am NST

एमाओवादी तर्फबाट हरिबोल गजुरेलले मात्रै आज सथप लिने, अरु मन्त्री र मन्त्रालयको निर्णय हुन बाँकी

काठमाडौं,, २५ असोज । 
एकीकृत नेकपा माओवादीका तर्फबाट कोषाध्यक्ष हरिबोल गजुरेलले आज सपथ लिने हुनु भएको छ । बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा बसेको माओवादी पदाधिकारी बैठकले प्रधानमन्त्रीसंगै आज गजुरेलले सपथ लिने निर्णय गरेको हो । सिन्धुलीबाट प्रत्यक्ष निर्वाचि गजुरेलले कृषिमन्त्रीको रुपमा सथप लिनुहुनेछ । 
बैठकले अरु मन्त्री र मन्त्रालयको टुंगो प्रधानमन्त्रीसंग छलफल गरेपछि मात्र लगाउने निर्णय गरेको उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो । उहाँका अनुसार तराईमा आन्दोलन गरिरहेका दलसंगको वार्तालाई अगाडी बढाउने र उचित माग सम्बोधन गर्न प्राथमिकता दिने र सरकारको न्यूनतम साझा कार्यक्रमका विषयमा छलफल गर्ने निर्णय भएको प्रकाशले बताउनु भयो ।
स्रोतका अनुसार एकीकृत नेकपा माओवादीबाट महासचिव कृष्णबहादुर महराले उपप्रधान तथा गृह मन्त्रालय सहित सरकारको नेतृत्व गर्नु हुनेछ । त्यस्तै सचिव टोपबहादुर रायमाझी, अग्नी सापकोटा, रेखा शर्मा लगायतको नाम पनि मन्त्री बन्ने चर्चामा छ ।