Thaha

Sunday 22 September - 7:30 am NST

कोइराला र ओलीद्वारा प्रधानमन्त्रीमा उम्मेदवारी दर्ता, ओली प्रधानमन्त्री हुने लगभग पक्का

 

काठमण्डौं, २३ असोज ।
प्रधानमन्त्रीमा नेपाली कांग्रेस र एमालेले उमेद्वारी दर्ता गएका छन् । आज कांग्रेसका तर्फबाट सभापति एवं काम चलाउ प्रधानमन्त्री सुशील कोईराला र एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओलीले उमेद्वारी दर्ता गराउनुभएको हो । कांग्रेस सभापति कोइरालाले पार्टीका वरिष्ट नेता शेरबहादुर देउवा प्रस्तावक, र उपसमापति रामचन्द्र पौडेल समर्थकसहित उम्मेदवारी दर्ता गराउनु भएको हो । उम्मेदवारी दर्तापछि प्रतिकृया दिदै कोइरालाले पार्टिको निर्णय निर्णय अनुसार उम्मेदवारी दिएको बताउनु भएको छ । उहाँले प्रजातान्त्रि प्रकृयामा जसले जितेपनि जितेकोलाई सहयोग गर्ने तयार रहेको बताउनु भयो । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रस्तावक र राप्रपा नेपालका अध्यक्ष कमल थापाको समर्थनमा उमेद्वारी दार्ता गराउनुभएको हो । ओलीलाई राप्रपा नेपाल, राप्रपा, नेकपा मालेसहित विभिन्न १४ दलले समर्थन जनाएका छन् । राष्ट्रिय जनमोर्चा, बहुजन समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक, समाजवादी जनता पार्टी, अखण्ड नेपाल, नेपाल जनता दल, दलित जनजाति पार्टी, खुम्बुवान राष्ट्रिय पार्टी, नेपाः राष्ट्रिय पार्टी, नेपाल परिवार दल, मधेस समता पार्टि, नेपाल र स्वतन्त्र सांसद अतहर कमाल मुसलमानले ओलीलाई समर्थन गरेका छन् । 


प्रधानमन्त्रीमा निर्वाचित हुन संसदमा कायम रहेका ५ सय ९८ सांसद मध्ये ३ सय जनाको समर्थन आवश्यक पर्छ । संसदमा एमालेको १ सय ८३, एमाओवादीको ८४, राप्रपा नेपालको २५, राप्रपाको १२, नेकपा मालेको ५ सदस्य रहेका छन् । त्यसैगरी समर्थन गर्ने अन्य साना दलको १८ मत जोड्दा ओलीको पक्षमा ३ सय २५ मत पुगेको ओली प्रधानमन्त्री निर्वाचित हुने निश्चित भएको छ । 
यसैबिच नेपाली काँग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्काले पार्टीको निर्णयप्रति असन्तुष्टि जनाउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा बसेको पार्टी पदाधिकारीको बैठकमा सहमहामन्त्री खड्काले एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउने भद्र सहमति बिपरित काँग्रेसले निर्णय गरेको भन्दै आपत्ति जनाउनुभएको हो । कोईराला प्रधानमन्त्री हुँदा भारतसँग बिग्रएको सम्बन्ध फेरि प्रधानमन्त्री भएर नसुध्रिने खड्काको दाबी छ । संविधान कार्यान्वयनमा पनि समस्या हुने भन्दै खड्काले केन्द्रीय समितिको बैठकमा नोट अफ डिसेन्ट लेख्ने जानकारी दिनुभयो ।