Thaha

Sunday 22 September - 7:46 am NST

राप्रपा नेपालद्वारा सरकारमा जाने/नजाने निर्णय लिने जिम्मा अध्यक्ष थापालाई

काठमाडौं २२ असोज । राप्रपा नेपालले सरकारमा सहभागि हुने÷नहुने अन्तिम निर्णय गर्ने जिम्मा अध्यक्ष कमल थापालाई दिएको छ । 
शुक्रबार बिहान बसेको केन्द्रीय राप्रपा नेपालको केन्द्रीय समिति बैठकले नेपाली काँग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीको सहकार्यमा संविधान जारी भएकाले तीन दलको सहकार्यमा जोड दिइएको राप्रपा नेपालले जनाएको छ । तीन दलमध्ये एक दल प्रतिपक्षमा बसेमात्रै सरकारमा सहभागि हुने राप्रपा नेपालको योजना छ । राप्रपा नेपालले भारतलाई नाकाबन्दी तत्काल फिर्ता लिन तथा अकुण्ठित पारवाहन व्यवस्था सुनिश्चित गर्न माग गरेको छ ।