Thaha

Sunday 22 September - 7:23 am NST

असोज २४ गते देशले नयाँ प्रधानमन्त्री पाउने

काठमाडौं, २२ असोज । बहुमतीय प्रकृयाबाट नयाँ प्रधानमन्त्री चयन गर्न प्रकृया सुरु भएको छ । 
राष्ट्रपति डा. रामवरण यादवले बहुमतीय प्रकृयाबाट प्रधानमन्त्री चयन गर्न संसदमा रहेका दलहरुलाई शुक्रबार आह्वान गरेलगत्तै संसदले नयाँ प्रधानमन्त्री चयन प्रकृया अगाडी बढाएको हो । नयाँ प्रधानमन्त्री चयनका लागि चुनाव गर्न सभामुख सुवासचन्द्र नेम्वाङले पर्सी असोज २४ गते ११ बजेको समय तोक्नुभएको छ ।
संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले सभामुखको निर्देशनअनुसार निर्वाचनको कार्यसूचि शुक्रबार नै सार्वजनिक गर्नुहुने छ । यसअघि गत १५ गते राष्ट्रपति यादवले नयाँ सहमतिबाट प्रधानमन्त्री चयनका लागि आग्रह गरे पनि दलहरु सफल नभएपछि बुहमतीय प्रकृयाबाट नयाँ प्रधानमन्त्रीको टुंगो लाग्ने भएको हो ।