Thaha

Sunday 22 September - 7:12 am NST

भारतीय नाकाबन्दी विरुद्ध एमाओवादीका जनवर्गीय संगठनहरुले प्रदर्शन गर्ने

काठमाडौं, २२ असोज ।  भारतीय नाकाबन्दी विरुद्ध एकीकृत माओवादीका जनवर्गीय संगठनहरुले काठमाडौंमा आज प्रदर्शन गर्ने भएका छन् । दिउँसो २ बजे शान्ति बाटिकाबाट सुरु हुने ¥याली भारतीय दुतावासमा पुगेर टुंगिने अखिल क्रान्तिकारीका अध्यक्ष रमेश मल्लले जानकारी दिनुभयो ।

संकटको अवस्थामा सरकारलाई आवश्यक पहल कदमी लिन पनि ¥यालीले दबाब सिर्जना गर्ने उहाँले बताउनुभयो । यसैबीच सदाका लागि सद्भाव भन्दै विहान युवाहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

युवा एकता अभियानले माइतीघरदेखि बानेश्वरसम्म मानव साङ्लो बनाएर प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागी युवाहरुले राष्ट्रिय एकताका लागि सद्भाव कायम राख्न अपिल गरिएका प्लेकार्ड बोकेका थिए ।