Thaha

Sunday 22 September - 7:45 am NST

मुख्य तीनदल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीचको वार्ता अनिश्चित

काठमाडौं, २२ असोज । सीमाङ्कनका विषयमा कुरा नमिलेपछि मुख्य तीनदल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीचको वार्ता अनिश्चित बनेको छ । आज बस्नेगरी स्थगित भएको वार्ता अनिश्चित बनेको हो ।

मोर्चाका सदस्य एवं सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले वार्ता बस्ने नबस्ने टुंगो नलागेको बताउनु भयो । उहाँले मुख्य तीनदलको वार्ता समितिले खबर नगरेकाले वार्ता आज हुने नहुने बारे टुंगो नलागेको बताउनु भयो । तीनदलको वार्ता समिति भने अनौपचारिक छलफलमा भैरहेकाले आज बेलुकीसम्म वार्ता हुने जनाएको छ ।

सीमाङ्कनका विषयमा कुरा नमिलेपछि मुख्य तीन दल र मधेशी मोर्चाबीचको वार्ता अस्ति विना निष्कर्ष सकिएको थियो । मुख्य तीन दलको वार्ता समितिले सीमाङ्कनको विषय आयोगलाई जिम्मा दिने र राजनीतिक सहमतिमा टुङ्ग्याउने प्रस्ताव गरेको छ भने  मोर्चाले त्यसलाई अस्वीकार गरेको छ । मोर्चाले अहिलेका प्रदेशलाई फुटाएर सीमाङ्कन गर्नुपर्नेमा जोड दिएको छ ।