Thaha

Sunday 22 September - 7:40 am NST

भारतले नेपालमाथि हैकमवाद देखाएको डा.भट्टराईको टिप्पणी


विश्वराज पछल्डङ्ग्या । नेपालगन्ज, २१ असोज । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतले नाकाबन्दी गरेर नेपालमाथि हैकमवाद देखाएको टिप्पणी गर्नुभएको छ । नेपालगन्ज विमानस्थलमा आज पत्रकारहरुसँगको भेटमा डा. भट्ठराईले भारतले लगाएको नाकाबन्दीको सामना गर्न सबै राष्ट्रिय शक्ति एकजुट हुनुको विकल्प नभएको  बताउनुभयो । 

भारतले नेपालमाथि पटक—पटक हैकमवाद लाद्दै आएको भन्दै भट्टराईले राष्ट्रियताको रक्षाका लागि अब  सबैले उठ्ने बेला भएको तर्क गर्नुभयो । लामो प्रयासपछि मुलुकले नयाँ संविधान पाएपनि मधेसी, थारु र आदिवासी÷जनजातिका माग अझै छुटेकाले संविधान संशोधनमार्फत सबैको माग समेट्न राजनीतिक दललाई भट्ठराईले सुझाव दिनुभयो । भट्टराई आजै राजधानी फर्किदैहुनुहुन्छ ।