Thaha

Sunday 22 September - 7:43 am NST

कांग्रेसको १३ औं महाधिवेशन फागुन २० गतेदेखि २३ गतेसम्म

काठमाडौंं, २० असोज । नेपाली कांग्रेसको १३ औं महाधिवेशन फागुन २० गतेदेखि २३ गतेसम्म काठमाण्डौमा हुने भएको छ । काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनको मिति तय गरेको हो । गाउँ, नगर वडा र नगर अधिवेशन माघ १५ गते, क्षेत्रीय अधिवेशन माघ २२ गते र जिल्ला अधिवशेन माघ २५ गते गर्ने निर्णय गरेको केन्द्रीय सदस्य थापाले जानकारी दिनुभयो ।

आज अधिवशेन र मधेस केन्द्रीत दलहरुसँग भइरहेको वार्ता र भारतले लगाएको नाकाबन्दीका बारेमा छलफल भएकाले सरकारका बारेमा भने भोलि मात्र छलफल हुने केन्द्रीय सदस्य धनराज गुरुङले जानकारी दिनुभयो ।