Thaha

Sunday 22 September - 7:20 am NST

नेपालमा भारत विरोधी भावना बढेको भारतीय जासुसी संस्थाको ठहर


काठमाडौं , २० असोज । भारतको जासुसी संस्था ईन्टिलिजेन्स ब्यूरो (आईबी)ले नेपालमा भारत विरोधी भावना बढ्दै गएको प्रतिवेदन बुझाएको छ । पछिल्ला राजनीतिक घटनाक्रम र मधेसी मोर्चाको सीमा केन्द्रीत आन्दोलनका कारण नेपालमा भारतविरोधी भावना बढेको आईबीको ठहर छ ।

आईबीले भारतको प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय र राष्ट्रिय सुरक्षा सल्लाहकारलाई आफ्नो प्रतिवेदन बुझाएको आज मेल टुडे पत्रिकामा प्रकाशित समाचारमा उल्लेख छ । प्रतिवेदनमा मधेसकेन्द्रित आन्दोलनमा ‘भारतको हात रहेको’ नेपालीको बुझाईरहेको उल्लेख छ ।

मेल टुडे पत्रिकाले छापेको समाचार अनुसार मधेशी मोर्चाको आन्दोलनका कारण सीमामा असुरक्षा भएपनि नेपालमा भारतले स्वेच्छाले नाकाबन्दी गरेको भन्ने गरिएको रिपोर्टमा उल्लेख छ । तर सीमामा भैरहेको आन्दोलनका कारण स्थिति संवेदनशील बनेको र त्यसले नेपाल–भारत सम्बन्ध थप बिग्रिने अवस्था रहेको तर्फ पनि आईबीले भारत सरकारको ध्यानाकर्षण गराएको छ ।