Thaha

Sunday 22 September - 7:40 am NST

तीन दल र मधेशी मोर्चाबीचको वार्ता विना निष्कर्ष टुङ्गियो

काठमाडौं, २० असोज । सीमाङ्कनका विषयमा कुरा नमिलेपछि मुख्य तीन दल र मधेशी मोर्चाबीचको वार्ता विना निष्कर्ष सकिएको छ । मुख्य तीन दलको वार्ता समितिले सीमाङ्कनको विषय आयोगलाई जिम्मा दिने र राजनीतिक सहमतिमा टुङ्ग्याउने प्रस्ताव गरेकोमा मोर्चाले त्यसलाईल अस्वीकार गरेको छ ।

मोर्चाले नयाँ ढंगले सीमाङ्कन हुनुपर्ने प्रस्ताव गर्दै अडान राखेको छ । स्रोतका अनुसार मोर्चाले अहिलेका प्रदेशलाई फुटाएर सीमाङ्कन गर्नुपर्नेमा जोड दिएको छ । त्यस्तै तीन दलले सीमा क्षेत्रमा भैरहेको नाकाबन्दी फिर्ता गर्न आग्रह गरेपनि मोर्चाले त्यसलाई अस्वीकार गरेको छ मधेसी मोर्चाका वार्ता टोली सदस्य लक्ष्मणलाल कर्णले राजनीतिक विषयमा छलफल भएपनि तीन दलको ठोस एजेण्डा नभएकाले वार्ता टुंगोमा पुग्न नसकेको बताउनुभयो ।

उहाँले पर्सी बस्ने बैठकमा तीन दललाई समाधान धारणा र एजेण्डासहित वार्तामा आउन फेरि आग्रह गरेको जानकारी दिनुभयो । तीन दलीय वार्ता टोली सदस्य एवं एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सीमांकन हेरफेरको जिम्मा आयोग लाई दिने र  राजनीतिक सहमतिबाट टुंग्याउन प्रस्तवा आफूहरुले राखेको बताउनुभयो ।