Thaha

Sunday 22 September - 7:37 am NST

बाबुरामको नयाँ पार्टी खोल्ने योजना

काठमाडौं, १९ असोज । एकीकृत माओवादी छोडेर देश दौडाहामा निस्केका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले विभिन्न पार्टीमा रहेका र अरु स्वतन्त्र ब्यक्तिलाई संगठित गरी नयाँ पार्टी खोल्ने  बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपाल दाङ शाखाले  गरेको साक्षात्कारमा भट्टराईले समृद्ध नयाँ नेपाल बनाउन नयाँ ढंगले भूमिका निर्वाह गर्ने नयाँ पार्टी आवश्यक रहेको बताउनुभयो । अहिले आफू त्यही अभियानमा रहेको भट्टराईले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय कैलालीले कार्यक्रम स्थगन गर्न आग्रह गरेपनि भट्टराई कैलाली पुगेर थारु समूदायसँग भेटेरै छोड्ने बताउनुभयो ।

‘म स्वतन्त्र नागरिक हुँ मलाई किन प्रतिवन्ध लगाइयो ?’ भट्टराईले भन्नुभयो ‘कैलालीमा म जसरी भएपनि पुग्छु सुरक्षा व्यवस्था गर्नु राज्यको दायित्व हो ।’ सुरक्षा दिन नसक्ने भन्दै कैलाली जिल्ला प्रशासनले कार्यक्रम स्थगन गर्न भट्टराईलाईल यसअघि नै आग्रह गरिसकेको छ । भट्राई भोलि कैलाली जाने कार्यक्रम छ ।