Thaha

Sunday 22 September - 7:15 am NST

तीन दल र मधेसी मार्चाको वार्ता निष्कर्ष बिहिन

काठमण्डौं, १९ असोज । 
प्रमुख तीन दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीचको पहिलो वार्ता बिना निष्कर्ष सकिएको छ । मोर्चाले सीमांकनको हेरफेर गर्ने विषयमा प्रमुख दलहरुसँग ठोस प्रस्ताव मागेको छ । प्रमुख तीन दल र मधेसी मोर्चाको टोलीबीच आज सिंहदरबारमा भएको वार्तामा मोर्चाले सीमाङ्कन आयोगलाई जिम्मा दिने गरी प्रस्ताव नल्याउन पनि भनेको छ । छलफलमा राजनीतिक विषय प्रवेश नगरेको भन्दै सरकारले गरेको निर्णय प्रभावकारी कार्यान्वयन र ठोस प्रस्ताव ल्याउन आफूहरुले आग्रह गरेको मोर्चाको वार्ता टोली सदस्य एवं तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री  सर्वेन्द्रनाथ शुक्लले जानकारी दिनुभयो । 

वार्तामा मधेस आन्दोलनमा घाइते भएकाको समुचित उपचार सरकारको तर्पmबाट हुन नसकेको कुरा आफूहरुले राखेको उहाँले बताउन्भयो । त्यस्तै, वार्ता टोली सदस्य एव सद्भावनाका पार्टी नेता लक्ष्मणलाल कर्णले आफुहरुले मधेसलाई शान्त बनाउन स्पष्ट भएर आउन आग्रह गरिएकोमा तीन दलको तर्पmबाट हुन्छ भन्ने आश्वासन  दिएको बताउनुभयो । 
तीन दलीय वार्ता टोलीका सदस्य एवं वनमन्त्री महेश आचार्यले राज्यले गरेका निर्णय अनुभव गर्नेगरी नभएको मोर्चाका नेताहरुले गुनासो गरेको जानकारी गराउनुभयो । सरकारको कामको प्रभावकारीताबारे बुझ्ने भन्दै वनमन्त्री आचार्यले संविधान संशोधन, सीमांकन लगायतको विषयमा भोलिको वार्तामा सहमतिको प्रयास गरिने बताउनुभयो । 

वार्तामा तीन दलका तर्पmबाट नेपाली कांग्रेस नेता एवं वनमन्त्री आचार्य, एमालेका नेता अग्नि खरेल र एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ हुनुहुन्थ्यो । त्यस्तै, मधेसी मोर्चाको तर्पmबाट सद्भावनाका कर्ण, समाजवादी फोरम नेपालका लालबाबु राउत, तमलोपाका शुल्क  र तराई मधेस सद्भावना पार्टीका रामनरेश राय  सहभागि हुनुहुन्थ्यो ।