Thaha

Sunday 22 September - 7:36 am NST

कोइराला राष्ट्रपति र ओली प्रधानमन्त्री बनाउने सहमति भएको हो : पौडेल


काठमाडौ, १९ असोज । नेकपा एमालेका उप–महासचिव विष्णु पौडेलले संविधान निर्माणको लागि भएको १६ बुँदे सहमति हुँदा नै एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सहमतिको सरकार बनाउने सहमति भइसकेको बताउनु भएको छ । रिपोर्टर्स क्लब नेपालले मंगलबार काठमण्डौंमा गरेको साक्षत्कारमा पौडेले सहमित भइसकेको कुरामा कसैले शंका नगर्न आग्रह गर्नुभएको छ ।
पौडेलले भन्नुभयो– ‘१६ बुँदे सहमति गर्दा नै संविधान जारी भइसकेपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सहमतिको सरकार बनाउने, काग्रेसका सभापति एवम बर्तमान प्रधानमन्त्री सुशील कोइरालालाई राष्ट्रपति र एमाओवादीलाई सभामुख दिने गरी शक्ती बाडफाडमा सहमति भइसकेको हो, त्यसमा तलमाथि हुँदैन ।’
उप–महासचिव पौडेलले ओलीको नेतृत्वमा काग्रेससहितको सहमतिको सरकार असोज २४ गते बन्ने दावी सेमत गर्नुभयो । सुशील कोइराला प्रस्तावक केपी ओली भएकाले अब ओली प्रधानमन्त्री बन्दा सुशील कोइराला प्रस्तावक बन्नु पर्ने धारण राख्नुभयो । 
नयाँ सरकार गठन नहुन्जेलसम्म संविधान संसोधन हुन नसक्ने पनि पौडेलले स्पष्ट पार्नुभयो ।