Thaha

Sunday 22 September - 5:03 am NST

नयाँ राजनैतिक शक्ति बनाउने अभियानमा लागेको डा.भट्टराईको भनाई


रोशनमान श्रेष्ठ, दाङ ।
१९ असोज । पूर्व प्रधामन्त्री डा. वावुराम भट्टराईले अब आफु नयाँ राजनैतिक दल गठनमा लाग्ने वताउनु भएको छ । दाङको लमहीमा आयोजना गरिएको थारुवान सभालाई सम्वोधन गर्न मंगलगवार लमही आउनु भएका भट्टराईले संचारकर्मि संगको कुराकानीमा नयाँ शक्तिको रुपमा दल गठन हुने बताउनु भएको हो । उहाँले नयाँ राजनैतिक शक्ति बनाउन देशभर अभियानमा लागेको बताउँदै नयाँ शक्तिको स्वरुप संगठित राजनैतिक शक्ति हुने स्पष्ट पार्नु भयो । 
विभिन्न पार्टिमा छरिएर रहेका र कुनै पार्टिमा नलागेका स्वतन्त्र ब्यक्तिहरुलाई संगठीत गरी नयाँ राजनैतिक दल वनाउने योजना रहेको उहाँले बताउनु भयो । यस्तै रिपोटर्स क्लव दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले सम्वृद्ध नयाँ नेपाल निर्माण गर्ने चरणमा नयाँ ठंगले भुमिका निर्वाह गर्ने वताउनु भयो ।
भट्टराईले अर्को प्रसंगमा आफूलाई कैलाली जानबाट कसैले रोक्न नसक्ने भन्दै जसरी भएपनि कैलालीका थारु समुदायसँग आफू भेट्न जाने बताउनुभयो । ‘म स्वतन्त्र नागरिक हुँ मलाई किन प्रतिवन्ध लगाइयो ?’ उहाँले भन्नुभयो ‘कैलालीमा म जसरी भएपनि पुग्छु सुरक्षा व्यवस्था गर्नु राज्यको दायित्व हो ।’ सुरक्षा दिन नसक्ने भन्दै कैलाली जिल्ला प्रशासनले उहाँको कार्यक्रम स्थगन गर्न आग्रह गरेको थियो । भट्राई बुधबार कैलाली जाने कार्यक्रम छ । 
डा. वावुराम भट्टराईले भारतले गरेको नाकावन्दी र आफ्नो पार्टि परित्यागको कुनै साईनो नरहेको समेत बताउनु भयो । ‘भारतले नाकावन्दी गरेको छ, त्यो अन्त्यन्त दुःखद छ, गलत छ, अन्र्तराष्ट्रिय पारवहन सम्बन्धी सन्धीको घोर उल्लंघन छ’उहाँले भन्नुभयो ।