Thaha

Sunday 22 September - 4:58 am NST

कांग्रेसको महाधिवेशन आगामी फागुन सम्ममा


काठमाडौं, १९ असोज । नेपाली कांग्रेसले पार्टीको महाधिवेशन आगामी फागुन सम्ममा गर्ने निर्णय गरेको छ । महधिवेशन माघदेखि फागुन सम्ममा गर्ने निर्णय गरेपनि मितिको टुंगो भने केन्द्रिय समितिले लगाउने निर्णय गरेको नेता पुर्णबहादुर खड्काले जानकारी दिनुभयो ।

आज बिहान प्रधानमन्त्रि निबास बालुवाटारमा बसेको पदाधिकारी र केन्द्रिय सदस्यसहितको बैठकले भोलि केन्द्रिय समितीको बैठक डाक्ने निर्याय गरेको खड्काले बताउनु भयो ।

केन्द्रिय समिती बैठकमा महामन्त्रि कृष्ण सिटौलालाई माघदेखि फागुन भित्रमा कुन मितिमा महाधिवेसन गर्ने त्यसको तालिकासहितको प्रस्ताव पेश गर्ने जिम्मेवारी दिइएको कांग्रेसले जनाएको छ । नयाँ सरकारको नेतृत्व बारे पनि केन्द्रिय समितीले टुंगो लगाउने गरी कांग्रेस जाने भएको छ । कांग्रेस भित्र आफै सरकार राख्ने कि कस्को नेतृत्वमा जाने र एमालेलाई दिने कि नदिने भन्ने विषयमा मतभेद छ ।